त्यो तिमी हौः दयाहाङसँग खुलेकी आँचल (भिडियो)

काठमाडौं – कोरोना महामारीका कारण यतिबेला नेपाली चलचित्र क्षेत्र पनि ठप्प छ । पछिल्लो समय ठुलो पर्दामा छाएका कलाकारहरु पनि म्युजिक भिडियोहरुमा चित्त बुझाईरहेका छन् । कोरोना भाईरसका कारण नेपाली चलचित्रहरुको निर्माण, छायांकन हुन सकेको छैन ।

यसैबीच, लोकप्रिय अभिनेता दयाहाङ राई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । हालै युट्वमार्फत सार्वजनिक गरिएको भिडियोमा दयाहाङका साथमा नायिक आँचल शर्माले अभिनय गरेकी छिन् । संभवतः नायिका शर्माले आफ्नो बैबाहिक बन्धनमा बाँधिए पछिको यो पहिलो अभिनय हो ।

म्युजिक भिडियोको पर्दामा यो जोडीको मिलन भने निर्देशक मिलन चाम्सले गराएका हुन् । चर्चित निर्देशक चाम्सले निर्देशन गरेको गीतमा ‘राई ईज किङ’ राजेश पायल राईको आवाज रहेको छ ।

‘त्यो तिमी हौ…’ बोल रहेको गीतमा अभिनेता दयाहाङ र नायिका शर्मालाई निर्देशक चाम्सले प्रेममय फिचर्ड गरेका छन् । निर्मला राई ‘परिवेश’को शब्द रचना रहेको गीतमा अर्जुन पोखरलको सँगीत रहेको छ ।

महराज थापाको एरेन्ज रहेको गीतमा सह-निर्देशनमा गिरिजा घिमिरे, जुनिम गहतराज कलरिस्ट, सिनेमाटोग्राफर सुदिप बराल र भिडियो संपादनमा प्रज्वलित पराजुली रहेका छन् ।

नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन खुलेसँगै फिल्म क्षेत्रका केहि चर्चित अनुहारहरु पनि म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । म्युजिक भिडियोहरु निर्माण छायांकन शुरु भईरहेकै बेला पुनः सरकारले कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि देशका अधिकांश स्थानहरुमा निषेधाज्ञा, लकडाउन लागु गरेको छ । भने, हिजोबाट दोस्रोपटक काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा गरिएको छ ।

भिडियोमा हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्