राजन मुकारुङ अब संगीतकार पनि, ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो)

काठमाडौं — साहित्यकार राजन मुकारुङ नेपाली साहित्यका एक दरिलो खम्बा हुन् । कवितामार्फत् नेपाली साहित्यमा उदाएका मुकारुङ उपन्यास र निन्बध लेखनमा पनि उत्तिकै सशक्त एक प्रखर व्यक्ति हुन्  ।

मुकारुङ साहित्य क्षेत्रमा मात्र नभएर संगीत क्षेत्रमा पनि त्यत्तिकै चासो राख्छन् । त्यसो त उनले कुनै बेला गायक बन्ने सपना पनि नबनाएका होईनन् । तर,  मुकारुङ साहित्य लेखनमा नै परिचित बने । लेखनमार्फत नै आवाज विहिनहरुको आवाज बोल्ने उनी पहिचानमा आधारित कलम चलाउँदै आईरहेका छन् ।


उनले भर्खरै मात्र नेपाली संस्कृति झल्किने म्युजिक भिडियो सार्वजनिक गरेका छन् । राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक गरिएको हो । युटुमार्फत हालै सार्बजनिक भएको गीत “ज्यानै हाजिर भो”  ‘सेवारो सेवारो…’  बोल रहेको गीतको शब्द र संगीत मुकारुङले गरेका हुन् ।


मुकारुङ यस गीतमार्फत संगीतकारको रुपमा पनि देखिएका छन् । गायक ब्रबिम शेर्मा चेसुङ र सीता सिंगकको स्वर रहेको यस गीतलाई थैली इन्टर्टेन्मेन्टले प्रस्तुती गरेका छन् ।


किरण चाम्लिङ राईको आकर्षक निर्देशन रहेको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् । ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बू अभिनय रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्