मानिसको जिन्दगी ‘अघोरी आत्मा’ : ज्ञान बहादुर लामा

कविता
‘मानिसको जिन्दगी’

कतिखेर ढल्ने हो थाहा छैन
बालुवाको घर रहेछ मानिसको
जिन्दगी ।
स्वार्थ, अहमता र इर्ष्याहरुले
अडिएको रहेछ मानिसको
जिन्दगी ॥

चाहिने भन्दा बडी नै खोज्ने
लोभीको भाँडो रहेछ मानिसको
जिन्दगी ।
हासिल गर्न नसके पराजयको
तापमा जल्दो रहेछ मानिसको
जिन्दगी ॥

हो मानिसको जिन्दगी….

अथाह सम्पत्तिले अझै नपुग्ने
अघोरी आत्मा रहेछ मानिसको
जिन्दगी ।
आफ्नो साँच्ने अर्काको ताक्ने
प्रेत आत्मा नै रहेछ मानिसको
जिन्दगी ॥

काहीँ कतै बहुमूल्य खजना
हराए जस्तो रहेछ मानिसको
जिन्दगी ।
जन्म देखि मृत्यू सम्म पनी
खोजै खोजमा रम्ने मानिसको
जिन्दगी ॥

हो मानिसको जिन्दगी….

हरपल मान मर्यादा मात्र रोज्ने
अभिलाषी रहेछ मानिसको
जिन्दगी ।
मृत्यू पश्चात मात्र सम्हान पाउने
कस्तो अभागी रहेछ मानिसको
जिन्दगी ॥

इछ्य आकांक्षा र सोँच हेर्दा
भिखारी जस्तो रहेछ मानिसको
जिन्दगी ।
बानी व्यहोरा र व्यबहार हेर्दा
शिकारी जस्तै रहेछ मानिसको
जिन्दगी ॥

हो मानिसको जिन्दगी….

धर्मको विश्वास त गर्दै नगर्ने
जिद्दी र अहमता रहेछ मानिसको
जिन्दगी ।
जीव मध्यको सबै भन्दा निच
चेतनाहीन प्राणी रहेछ मानिसको
जिन्दगी ॥

अकुत धन प्राप्ति पश्चात पनी
पूर्णता कहिल्यै नहुने मानिसको
जिन्दगी ॥
दौलत, शान, मान सब भएपनि
सन्तुष्ट कहिल्यै नहुने मानिसको
जिन्दगी ॥

हो मानिसको जिन्दगी….

रित्तै आउँछौं रित्तै जान्छौं भन्ने
जानेर अन्जान बन्ने मानिसको
जिन्दगी ॥
तेरो र मेरो को नाटक गर्ने एक
आधारहीन तत्व रहेछ मानिसको
जिन्दगी ॥

आखिर; नाटक्को एक चतुरे
मायावी पात्र रहेछ मानिसको
जिन्दगी ॥
अन्ततःमृत्यू पश्चात पनी पवित्र
नदीको प्रदूषण रहेछ मानिसको
जिन्दगी ॥

हो मानिसको जिन्दगी….
पवित्र नदीको प्रदूषण रहेछ मानिसको जिन्दगी….

रचनाकार ज्ञान बहादु लामा ‘दोङ’
प्रतिक्रिया दिनुहोस्