उपत्यकामा संक्रमण बढेको बढ्यै, तर सावधानी छैन !

काठमाडौं, १८ असोज । नेपालमा पछिल्लो समय कोरोना भाईरस संक्रमण दर बढ्दो छ । पछिल्लो विवरण अअनुसार नेपालमा संक्रमितको संख्या ८४ हजार ५७० नाघेको छ । तर, जनस्तरमा भने कोरोना संक्रणको जोखिलाई खास ध्यान नदिएको देखिन्छ । कतिपय सार्वजनिक स्थानहरुमा स्वास्थ्य समन्त्री कुनै मापदण्डै अपनाईएको छैन ।

कोरोनाका कुल संक्रिय संक्रमितमध्ये ५७।५३ प्रतिशत संक्रमित उपत्यकामा मात्रै रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाको तथ्यांकअनुसार देशैभर कोरोना संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ ।

उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या भने १२ हजार २५४ पुगेको छ । जसमा काठमाडौंमा नौ हजार ८९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार २९० संक्रमित अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेको महाशाखाको तथ्यांमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या २७ हजार ९१८ पुगेको छ । काठमाडौंमा २२ हजार ६७३ जना, भक्तपुरमा दुई हजार ४४९ जना र ललितपुरमा दुई हजार ७९६ जनामा कोरोना संक्रमण देखिएको महाशखाको तथ्यांकले देखाएको छ । देशैभर कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशैभर ५२८ पुगेको छ ।

त्यस्तै, हिजो २४ घण्टाको विवरण अनुसार नेपालमा बितेको २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस कोभिड(१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सरकारी तथ्यांकमा यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् । प्रवक्ता गौतमका अनुसार देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२८ पुगेको सरकारी तथ्यांमा छ । शुक्रवार एकैदिन २,७२२ नयाँ सङ्क्रमित थपिएका थिए जुन विवरण अहिलेसम्मकै सर्वाधिक वृद्धि हो ।

काठमाडौं उपत्यकामा थप ११७७ जनामा संक्रमण
शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९र१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०र१० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा र दैलेखका ९र९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८र८ जना, उदयपुर र पाल्पाका ७र७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६र६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५र५ जना, ओखलढुंगा र दोलखाका ४\४ जना, संखुवासभा र लमजुङका ३र३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २र२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १÷१ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्