देशभर ३ हजार १६७ जना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं — नेपालमा बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बितेको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ । यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांमा छ । शनिवार पुष्टि भएका सङ्क्रमितमध्ये १,७४६ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

प्रतिक्रिया दिनुहोस्