जसपाको ओखलढुंगा काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा)ले पछिल्लो समय स्थानीय तहदेखि  हरेक क्षेत्रमा आफ्ना समर्थकलाई संगठित गरिरहेका छन् । जसपाले विभिन्न जिल्लाहरुमा संगठित गर्ने क्रममा अन्य राजनीतिक दलमा आवद्ध भएकाहरुलाई समेत आफ्नो पार्टीमा प्रवेश गराईरहेका छन् ।

यस्तै जसपाले राजधानीमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको समायोजन गरेको छ । तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबाट गठीत सम्पर्क समिति समायोजन गरिएको जसपाले जनाएको छ ।

उक्त सम्पर्क समितिमा समायोजनपछि रामकृष्ण मगरको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएका छन् । समितिको उपाध्यक्षत्रयमा बलराज राई, सोनाम टासी शेर्पा, कृष्ण प्रसाद भट्टराई रहेका छन् । त्यस्तै, सचिवमा सूर्यबहादुर राई, सहसचिवमा किशोर शुनुवार,  नरनाथ पण्डित,  ओङडा शेर्पा र विर्ष राई चयन भएका छन् । यस्तै कोषाध्यक्षमा पेम्बा शेर्पा, सहकोषाध्यक्षमा निर्मला परियार लगायत चयन भएका छन् ।

नव गठित समितिका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । समाजवादी ट्रेड यूनियन महासंघ बालकुमारी ललितपुरमा भएको समायोजन कार्यक्रममा प्रदेश नं. १ का मूख्य सचिव प्रभुराम श्रेष्ठ, केन्द्रीय सदस्यहरु नवराज गुरुङ, देवराज राई, प्रदेश सदस्यहरु, प्रदेश सम्पर्क समितिका इन्चार्ज र अध्यक्षहरु लगायत नेताहरु सहभागी थिए । कार्यक्रममा अतिथीहरुले आ—आफ्नो भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्