विश्वलाई लोभ्याउने ‘नीलो ताल’को मनमोहक दृश्य (फोटो फिचर)

काठमाडौं – प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा विभिन्न रमणीय ठाउँहरु छन् । कोरोना महामारीले नेपालको पर्यटनमा निकै ठुलो असर गरेको छ । महामारी नसकिएता पनि लकडाउन खुलेसँगै नेपालमा पर्यटन क्षेत्रमा पछिल्लो दिन चहलपहल सुरु भएको छ ।

नेपालको एउटा घुम्नै पर्ने ठाउँमध्ये नीलो ताल भनेर चिनिएको नेपालको तिलिचो ताल । जहाँ वरिपरि हिमाल र वीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले सम्पूर्ण थकान बिर्साउँछ । नेपालको ताल तिलिचोमा पुगेपछि सायद स्वर्ग यस्तै हुन्छ होला भनि कल्पना गर्न सकिन्छ ।


नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो तिलिचो । यो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित रहेको छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई झनै मनमोहक र आकर्षक बनाईदिएको छ ।


विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमणका लागि पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिनेछ ।


मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं. ९ मा पर्ने तिलिचो ताल सामुद्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृङ्खलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खाङ्सारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा गर्नु पर्दछ । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ ।


श्रीखर्कबाट बेसक्यामसम्मको घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन् । तिलिचो पुग्नको लागि काठमाडौँबाट लमजुङको बेसीशहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ । खाङ्सारबाट घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ ।


बेँसीशहरबाट एकै दिनमा खाङसार पुग्दा लेक लाग्ने जोखिम हुने भएकाले पिसाङ र मनाङमा बास बसी काठमाण्डौंबाट हिडेको चौथो दिनमा खाङसार पुग्नु राम्रो हुनेछ । खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदल यात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ ।


बाटोमा खान बस्नका लागि लज तथा चिया पसलहरु सहजै पाइन्छन् । तर, पर्यटक मौसमका बेला खाङसार र बेस क्याम्पमा कहिलेकाँही डाइनिङ रुममा समेत सुत्नुपर्ने हुन सक्छ । तिलिचो आधार शिविरबाट तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यही आधार शिविर वा श्रीखर्कसम्म र्फकन सकिन्छ । अर्को दिन बिहानै करिव दुई घण्टाको पैदल यात्रापछि खाङसार आई जीपबाट त्यही दिन बेलुका बेँसीशहर फर्कन सकिन्छ ।


यो पनि पढ्नुहोस्…

नेपालको पर्यटन लयमा फर्कंदै: चहलपहल शुरु, कहाँ-कहाँ खुल्यो पर्यटकीय क्षेत्र ?

प्रतिक्रिया दिनुहोस्