असफल्तासँग हार नखाएकी नम्रताको ‘मिस वर्ल्ड’ जित्ने सपना

काठमाडौं — ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । २ सय बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् ।

राजधानीमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धापछि मिस नेपाल नम्रता श्रेष्ठ (बायाँबाट दोस्रो), मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ र मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया ।

नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने जवाफ दिएकी थिईन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।  नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने  ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।

त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।

नम्रता श्रेष्ठ चार वर्षअगाडि पनि मिस नेपाल २०१६ को शीर्ष पाँचसम्म मात्र पुगेकी थिइन् । उनले जसरी नेपालले मिस वर्ल्डको प्रतिनिधित्व गर्दै आएको छ त्यसरी नै तयारी गर्ने बताएक छिन् । मिस नेपाल वर्ल्डको ताज जितेपछि उनले भनिन् ।

सन् २०१६ मा मिस नेपालको नजिक पुगेर घर फर्कदाको क्षण कहिल्यै बिर्सदिनन् नम्रता । २ महिना रोएरै बिताएको बताईन् । अलिकति परिपक्वता थपियो । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा जान सक्छु भनेर आफैलाई तयार पारें,’ उनले आफ्नो अनुभव सुनाइन् । नम्रतालाई ‘मिस वर्ल्ड’मा पनि आफ्नो पहिचान तिखार्ने र जित्ने आशा छ ।

 

प्रतिक्रिया दिनुहोस्