कलाकार मनोज गजुरेल दोश्रो विवाह गर्ने तयारीमा

काठमाडौं — कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने तयारीमा जुटेका छन् । गजुरेलले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरेका छन् । तर, उनको विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफु विवाह गर्ने कुरा सत्य रहेको र बाँकी कुरा समय आएपछि सार्वजनिक गर्ने बताएका छन् । तर, उनले विवाह चाहिँ को सँग गर्ने भन्ने बारे खुलाएका छैनन् । उनले यस विषयमा व्यहारिक पाटो मिलाएपछि बाँकी कुरा सार्वजनिक गर्ने उनको भनाई छ ।

गजुरेलेको यो दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो।प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो भने उनीहरूका एक छोरा र छोरी रहेका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्