साकेला साहित्य महोत्सव: कविता प्रतियोगीलाई पुरस्कार प्रदान

काठमाडौं — किराती समुदायको महान चाड ‘साकेला उधौलि’को अबसरमा आयोजित कविता प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको छ । किरात राई लेखक संघद्वारा आयोजित प्रतियोगीलाई बुधबार पुरस्कार वितरण गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष खुक्सडं खम्बुका अनुसार भर्चुवल माध्यमबाट सहभागी एक सय जना प्रतियोगी मध्य विमन किराती प्रथम भएका थिए ।

दोस्रोमा सबु किरण, र तेस्रो सकुन आंशु भएकी थिईन्,  भने प्रयास दुमी, देव समिप र प्रदिप लम्बुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । चर्चित कलाकारहरू राजेश पायल राई, दयाहाडं राई, वीलसनबिक्रम राई, मेलिना राई, एलिसा राई र संमृद्धी राईले पुरस्कार प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्