३६ बर्षदेखिको गीत रेकर्ड गराउने वीर बहादुरको सपना पुरा (भिडियो)

काठमाडौं — दृष्टिविहिन बीर बहादुर विश्वकर्माको ३६ बर्षदेखिको गीत रेकर्ड गराउने सपना पुरा भएको छ । हालै बीर बहादुरको आवाजमा  ‘घर प्यारो सिन्धुपाल्चोक’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भर्जिन भ्वाईस स्टुडियोमा रेकर्डिङ गीत बुनु उप्रेती, रत्न मगरको शब्द रचना रहेको छ भने गीतलाई रत्ना गगरले संगीत भरेका छन् । हालै ‘किशोर सुनुवार’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई दिपेश राईले संगीत संयोजन गरेका छन् भने रेकर्डिस्ट रोबोट लिम्बुको रहेको छ ।

को हुन् बीर बहादुर ?
बीर बहादुर दृष्टिविहिन हुन् । देश विदेशमा रहेको नेपालीहरुको सहयोगले उनको सानैदेखिको गीत गाउने रहर पुरा भएको हो । उनले आफ्नो गीत रेकर्ड गराउने सपना पुरा भएको भन्दै खुशि व्यक्त गरे।


वीरबहादुरले आफुलाई सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै धन्यवाद भनेका छन् । उनलाई सहयोग गर्नेहरुमा अमेरिकाबाट आङ्फुरी शेर्पा, दिपा बराईली, युकेबाट भिमप्रसाद विक, निर बहादुर गर्बुजा र सउदीबाट रत्न मगर, कतारबाट अमिर केरुङ, त्यस्तै मकाउबाट मंगल राई, सुदिन महत (नेपाल) र धरानकी मिना गुरुङ रहेका छन् ।

टुङ्ना बजाउन सिपालु वीरबहादुर यसैको साहारामा परिवारको गुजारा चलाउँदै आएका छन् । सानैदेखि बाँसुरी बजाउन वीर बहादुर सिपालू रहेका छन् । दुई छोरी एक छोरा रहेको उनी सिन्धुपाल्चोकको भोटेकोशि गाउँपालिका-१ काङलाङवासी हुन् ।

आर्थिक अवस्था नाजुक रहेको उनलाई मिडियाकर्मी तथा समाजसेवी किशोर सुनुवारको अगुवाईमा काठमाडौंमा ल्याएर उनको गीत रेकर्ड गराईएको हो । गीत रेकर्ड सँगै उनलाई शेर्पा फाउण्डेशनका संस्थापक अध्यक्ष पेम्बा तेम्जिङ शेर्पाले एक लाख ५० हजार बीर बहादुरलाई सहयोग समेत प्रदान गरेको किशोर सुनुवारले मोवाईलपाटीलाई जानकारी दिए ।

उनको तिनै जना छोरा—छोरीलाई कक्षा १२ सम्म पढाईदिनेसमेत शेर्पाले प्रतिवद्धता जनाएको उनले बताए । उनको घरमा झ्याल ढोका र रङ लगाईदिने कामको जिम्मा भने मुके शेर्पाले लिएका छन् ।

यस्तो छ गीत

प्रतिक्रिया दिनुहोस्