आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार

काठमाडौं — नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौँ महाधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा रामकुमार मण्डल, द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम र महासचिबमा एकराज राई चयन भएका छन् ।

यस्तै महाधिवेशनले समितिको उपमहासचिबमा धिरेन तामाङ, सचिबमा युबराज भुजेल, कोषाध्यक्षमा हरि महतो र सहकोषाध्यक्षमा रविलाल ताजपुरिया चयन भएका छन् । विभागीय सचिबहरुमा क्रमशः मिलन भुजेल, बिवश मादेन लिम्बू, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओमकृष्ण तयाजु, र घनश्याम चौधरीलाई चयन गरेको छ ।

संघीय परिषद सदस्यहरुमा क्रमशः सन्ध्या सावा लिम्बू, दुर्गा बहादुर गुरुङ, चित्रबहादुर गुरुङ, जीवन राई। पूर्णबहादुर राई, श्रीबहादुर तामाङ, रवी मोक्तान तामाङ, प्रतिनकुमार चौधरी, बिनोद सुनुवार, टेकबहादुर सुनुवार, प्रभात भुजेल, नितेस तन्डुकार, रामबहादुर मानन्धर, लक्ष्मीनारायण मण्डल, तेचिलाल मण्डल, ङाताङ फुरी शेर्पा, रबिन शेर्पा, ज्ञानेद्रकुमार ताजपुरिया र कृष्णप्रसाद ताजपुरिया निर्वाचित भएका छन् ।

कार्यक्रमका बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका विदेश बिभाग प्रमुख गोबिन्द छन्त्यालले आदिवासी जनजातिहरुले अव हरेक क्षेत्रमा सशक्त हुनुपर्ने धारणा राखेका थिए । यस्तै कार्यक्रममा महासंघ कतारमा निवर्तमान अध्यक्ष शिबकुमार भुजेलले नयाँ कार्यसमितिलाई वधाइ र शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेफिन कतारका सल्लाहकार समितिका तर्फबाट प्रमुख सल्लाहकार देवराज राई, एनआरएनएएनसीसी कतारका कार्यवाहक अध्यक्ष उतम गुरुङ, नेफिन युएईका अध्यक्ष महेश मोक्तान, बहराइन अध्यक्ष झहर थप्पोको थेबे, इजरायलका अध्यक्ष पेम्बा डोल्मा होल्मो, बेलायतका अध्यक्ष जंग सुनुवार, बेल्जियम अध्यक्ष बाबुराजा लामा, नेफिन कतारमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्