नेपालको राष्ट्रियतमाथि भारतीय न्यूज च्यानलको अर्को प्रहार !

काठमाडौं — भारतीय न्यूज च्यानल जी न्यूजले नेपाली संवेदनशीलतामाथि आक्रमण गर्दै आएको छ । जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको खबरले आम नेपाल र नेपाली जनतालाई आक्रोस बनाएको छ ।

नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै जी न्यूजले रिपोर्ट प्रसारण गरेको हो । जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरी सथरमाथाकै काखमा पुगरे सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने रिपोर्टमा उल्लेख गरेका छन् । चौधरीले सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’ उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताए ।

चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए । त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा बोलाएर अन्तर्वार्ता दिएका चौधरीले यस्तो खालको रिपोर्ट प्रशारण गरेको भन्दै आम सर्वसाधारणले विरोध जनाउन थालेका छन् ।

यसअघि पनि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीचको कथित संवादमा कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट प्रशारण गरेको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोकसमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्