कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा प्रयोग गर्न अनुमति

काठमाडौं — कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालले पनि आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले (कोभिड-१९) विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको हो । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्